समाचार
चिकित्सा शिक्षा विद्येयक जनपक्षीय छ : सभापति घर्ती
काठमाडौं, ९ माघ। शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक जनपक्षीय भएको स्पष्ट पारेकी छन् । बुधबार निजी प्राविधिक शिक्षालय, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र सीटीईभीर्ट कर्मचारी संगठनको ज्ञापनपत्र बुझ्दै घर्तीले विद्येयक जनपक्षीय भएपनि उनले यसबारे केही भ्रम पैदा गरिएको टिप्पणी गरिन् ।

उनले सातवटै प्रदेशका विद्यार्थीले मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भनेर चिकित्सा शिक्षा विधेयकमा आवश्यक व्यवस्था गरिएको बताइन् ।
