खेलकुद

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज तीन खेल हुँदै

काठमाडौँ, १९ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछन् ।अखिल नेपाल फुटबल सङ्घ एन्फाका अनुसार आज दुई खेल एन्फा मैदान सातदोबाटो तथा एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ । आज हुने पहिलो खेलमा मनाङमस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच तथा च्यासल युथ क्लब र हिमालयन शेर्पाबीच दोस्रो खेल एन्फा मैदानमा हुनेछ भने हल्चोक मैदानमा थ्रीस्टार र सरस्वती युथ क्लबबीच खेल हुनेछ ।

प्रतियोगितामा शतप्रतिशत जित आत्मसात् गरेको मनाङ सोही नतिजालाई कायम राख्ने लक्ष्यमा छ । तालिकाको अन्तिमतिर रहेको जावलाखेल मनाङलाई हराउँदै लिगमा अप्रत्यासित नतिजा निकाल्ने दाउमा रहको छ ।

शीर्ष स्थानको मनाङको पाँच खेलबाट १५ अङ्क जोडेको छ । जावलाखेल युथ क्लब चार अङ्कसहित तालिकाको ११आँै स्थानमा छ । सोही मैदानमा दिउँसो २ः३० बजे हुने दोस्रो खेलमा हिमालयन शेर्पा र च्यासल युथ क्लब आमनेसामने हुनेछन् ।

स्टार खेलाडी अनुबन्धन गरेर अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेको च्यासलले उपाधि होडबाट बाहिर भएको घोषणा गरिसकेको छ । लिगमा हिमालय शेर्पाले राम्रै नतिजा निकालिरहेको छ । शेर्पा १० अङ्कसहित छैटाँै स्थानमा रहँदा च्यासल चार अङ्कसहित नवाँै स्थानमा छ ।

आजै हुने तेस्रो खेलमा रुस्लान थ्री स्टार क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । लिगको उपाधि दाबेदार क्लब थ्रीस्टारको लक्ष्य सरस्वतीलाई पराजित गर्दै शीर्ष स्थानको मनाङमाथि दबाब सिर्जना गर्नुहुनेछ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *