खेलकुद
अर्जेन्टिना पनि समुह चरण बाटै बाहिरिने प्रवल सम्भावना

फुटबलको महाकुम्भ यतिबेला रसीयामा रस्साकसी चलिरहेको छ । जुन विश्वकप सुरु हुदा जुन फुटबल पन्डित र फुटबल समर्थकहरुले अपेक्षा गरेजस्तो खेलाडीहरुले प्रदर्शन नगर्दा समर्थकहरुमा निराशाता छाएको छ ।”
जुन रुपमा ब्राजिलका नेयमार, सलाह, रोनाल्डो सङ्ग अपेक्षा गरिएको खेल अहिलेसम्म रोनाल्डो बाहेक कसैले पूरा गर्न सकेको छैनन् । रोनाल्डोले भने आफ्नो समर्थकहरुलाई निराश हुन दिएका छैनन् । उनले पहिलो खेलमै ह्याटि्रक मात्रै गरेनन् दोस्रो खेलमा महत्त्वपूर्ण गोल गर्दै आफ्नो टिमलाई विजयी बनाए ।
सलाहको टिम समूह चरणबाटै बाहिरिएको छ ।
नेयमार पनि इनजर्ड हुँदै अगामी खेल गुमाउने संभावना बढेर गएको छ । भने अन्तिम १६ मा पुग्न नि निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।
यस्तैगरी मेस्सिको कप्तानिमा रहेको अर्जेन्टिना पनि समुह चरण बाटै बाहिरिने प्रवल सम्भावना बढेर गएको छ । आज भएको क्रोएसियाको विरुद्धमा मेस्सिको कुनै जादु नचल्दा ३ शून्य गोलले पराजित हुन पुगेको छ । क्रोएसियाको लागि एन्टिक रेबिकले पहिलो गोल र दोस्रो गोल १० नम्बर जर्सिका लुक्का मोडृकले सुन्दर गोल गर्दै क्रोएसियालाई दुई सुन्यले अगाडि बढाए । नब्बे मिनेटको खेल चलिरहदा फेरि इभान रेकाटिकले गोल गर्दै ३ शून्य अन्तरको जित सुनिश्चित गरे ।


