खेलकुदसमाचार

च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा बार्सिलोनाको प्रवेश

काठमाडौं, १३ मंसिर । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। डच क्लब पीएसभीलाई २-१ गोल अन्तरमा हराउँदै बार्सिलोना समूह विजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो।

बुधबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेसी र जेरार्ड पिकेले गोल गरे। पीएसभीका लुक डी जोङले एक गोल फर्काएका थिए।

पहिलो हाफ गोलरहित बरारीमा सकिएको खेलको दोस्रो हाफको ६१ औं मिनेटमा मेसीको गोलबाट बार्सिलोनाले सुरूवाती अग्रता लियो। ७० औं मिनेटमा जेरार्डले गोल गर्दै बार्सिलोनाको अग्रतालाई दोब्बर पारे।

खेलको ८२ औं मिनेटमा जोङले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरे। तर यसपछि कुनै टोलीबाट गोल भएन र बार्सिलोनाले खेल २-१ ले जित्यो।

यो जितसँगै बार्सिलोना समूह बी बाट ५ खेलमा १३ अंक जोड्दै शीर्ष स्थानमा रहेर नकआउट चरण प्रवेश गर्‍यो। अपराजित बार्सिलोना यो सँगै समूह विजेता बन्ने पक्का पक्की भएको छ। पुछारको पीएसभी १ अंक जोडेर एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ। समान ५ खेलबाट ७-७ अंक जोड्दै टोटनह्याम र इन्टर मिलान दोस्रो र तेस्रो स्थानमा छन्।

आजै भएको समूहको अर्को खेलमा इन्ग्लिश प्रिमियर लिग क्लब टोटेनहमले ईटालियन क्लब ईन्टर मिलानलाई १–० गोल अन्तरले पराजित इन्टरसँग अंक बराबरी गरेको हो। जितसँगै समूहको दोस्रो स्थानमा उक्लिएको टोटेनहमले मिलानसँगै नकआउट चरणको सम्भावना जिवित राखेको छ। एजेन्सीको सहयोगमा 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *