समाचार

चलचित्र छायांकन गरेको पैसा तिर्न नसक्दा निर्देशकराई प्रहरी हिरासतमा

काठमाडौं । चलचित्र छायांकन गरेको पैसा तिर्न नसक्दा सुनसरीका गायक तथा निर्देशक देमिन राज्य राई बैंकिङ्ग कसुर ऐन मार्फत प्रहरी हिरासतमा परेका छन् ।

उनले चलचित्र ‘शरदका पातहरु’ लाई निर्देशन गरेका छन् । चलचित्र ‘शरदका पातहरु’का छायांकार वीरेन्द्र भाट ‘बिपिन’ले मुद्दा दायर गरेपछि उनी पक्राउ परेका हुन । ‘बिपिन’ले ४ लाख ४० हजार पारिश्रमिक लिन बाँकी रहेको बताएका छन् ।

उनले भने,‘मैले पटक पटक उहाँलाई पैसा दिन आग्रह गरे तर उहाँले मोबाईल अफ गरेर बस्नु भयो, झुट बोल्नु भयो, दिन्छु दिन्छु भनेर झुक्याउने काम गर्नु भयो, अन्तमा मेरो जाने बाटो कानूनी थियो, त्यसैले यो बाटो रोजेको हुँ ।’

बिपिनले मुद्दा दायर गरेपछि प्रहरीले देमिन राज्य राईलाई २ हप्ता अघि पक्राउ गरेर प्रहरी हिरासतमा राखेको छ । निर्देशक राईले ४ लाख ४० हजार रुपैया चुक्ता गरेपछि हिरासतबाट मुक्त हुन पाउने छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *