इभेन्टस नेपालको आयोजनामा मिस्टर एण्ड मिस लायन्स हूने(फोटो फिचर )

अ+
अ
अ-

काठमाडौं,अशोज २१-नेपालमा रहेका करिब तिस हजार लायन्स क्लबका सदस्यहरु बिच व्यक्तित्व बिकास र प्रतिभा पहिचानको उद्देश्य सहित इभेन्टस नेपालको संयोजक्त्व र लायन्स क्लब अफ काठमाडौ, हिमचूली , लायन्स क्लब अफ काठमाडौ, फेलोसिप र लायन्स क्लब अफ काठमाडौ, प्रयासनगर लगायतका क्लबहरुको सयूक्त आयोजनामा “मिस्टर एण्ड मिस लायन्स २०१८” को आयोजना हूने भएको छ । मिस्टर एण्ड मिस लायन्स हुने कुरा आज रोयल ब्यान्केट तीनकुनेमा प्रत्रकार सम्लेलन गरी जानकारी गराइएको थियो ।

उक्त कार्यक्रमले सहभागी प्रतिस्पर्धीहरुलाई समाज सेवामा थप कार्यरत हूने प्रोत्साहन मिल्नूका साथै नेपालमा लायन्स क्लबको योगदान र महत्वका बारेमा समाजमा थप जानकारी मिल्ने कूरा यस कार्यक्रम संयोजक हूकूम राज लूइटेलले बताउनूभयो । लायन्स क्लब अन्तराष्ट्रिय स्तरकै सबै भन्दा ठूलो क्लब रहेको र यस कार्यक्रमले नेपालमा रहेका चार वटै डिस्ट्रिकका तिसहजार लायन्सलाई समेट्ने र अन्य क्लबहरुको समेत यस कार्यक्रमको आयोजनामा सहयोग रहने कूरा समेत उहाले बताउनूभयो ।