खेलकुद

ला लिगा खेलमा म्यालेन्सियासँग १–१ को बराबरी खेल्दै बार्सिलोनाले अंक बाँडेर शीर्ष स्थानमा कायम रहने मौका गुमायो

काठमाडौं, २२ असोज । ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा म्यालेन्सियासँग १–१ को बराबरी खेल्दै बार्सिलोनाले अंक बाँडेको छ । यो सँगै उसले शीर्ष स्थानमा कायम रहने मौका गुमाएको छ।

खेलमा अधिकांश समय पकड जमाए पनि बार्सिलोनाले भ्यालेन्सियामाथि जित निकाल्न सकेन। खेलको सुरूआती दोस्रो मिनेटमै कर्नरबाट आएको बललाई एजीक्वेल गेरेले गोल गरेपछि घरेलु टोलीले अग्रता लियो। सुरूमै पछि परेको बार्सिलोनाका लागि कप्तान मेसीले २३ औं मिनेटमा उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए।

पहिलो हाफ १/१ को बराबरीमा सकिएपछि दोस्रो हाफमा पाएका केही राम्रा अवसरलाई बार्सिलोनाले गोलमा परिणत गर्न नसक्दा २ अंक गुमायो।

खेलमा ७५ प्रतिशत बल पोसेसन राखे पनि थप गोल गर्न सकेन। यो बराबरीपछि ८ खेलबाट १५ अंक जोडेको बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा झरेको छ। घरेलु मैदानमा सेल्टा भिगोलाई २/१ ले पराजित गरेको सेभिल्ला अंक तालिकाको शिर्ष स्थानमा उक्लिको छ। सेभिल्लाको ८ खेलमा १६ अंक छ। तेस्रो स्थानमा एथ्लेटिको म्याड्रिडको १५ अंक छ भने चौथो स्थानमा रियलको १४ अंक छ। एजेन्सीको सहयोगमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *