अ+
अ
अ-
काठमाडौँ । नेत्र बिक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाका प्रवक्ताको रिहाईको माग गर्दै सामाजिक संजालमा विज्ञप्ति सहित आएपछि बन्दको हल्ला सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । पूर्व माओवादी जनमुक्ती सेनाले गरेको भनिएको बन्दको कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा हल्ला मात्र चलाइएको हो । पटक पटक बन्द आव्हान गर्दै आएको नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्दको आव्हान गरेको भनेर हल्ला चलाइएको छ । तर, उक्त पार्टीले कुनै प्रकारको बन्दको कार्यक्रम नरहेको जनाएको छ ।
प्रहरीले कुनै कसैको बन्द नरहेको बताएको छ। सधैझै निर्वाध रुपमा यातायात सञ्चालन हुने प्रहरीले जनाएको छ । बन्दको हल्ला गर्ने कोही भेटिए बिहानै प्रकाउ गरिने प्रहरीले जनाउको छ । कसैको डर र धम्कीमा नपर्न प्रहरीकाे भनाइ रहेकाे छ ।


