अ+
अ
अ-
तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो पछिल्लो महिनाको तलब ५० हजार छाब्दी वाराही विकास कोषलाई हस्तान्तरण गर्नुभएको छ ।
चुनावमा आफूले विजय हासिल गरेपछि जिल्ला कै सामाजिक सङ्घसंस्थालाई तलब उपलब्ध गराउने घोषणा गरेबमोजिम उहाँले व्यास नगरपालिका–१४ स्थित उक्त अध्यक्ष प्रेम आलेलाई रकम हस्तान्तरण गर्दै जिल्लाको विकासका लागि आफू सधैं तत्पर रहेको बताउनुभयो ।


