रेड पन्डाको तस्करीमा सोलुखुम्बुका पवन श्रेष्ठ र शुक्र राई पक्राउ

अ+
अ
अ-

काठमाडौं २०, महानगरपालिका प्रहरी बृत दरबारमार्गले काठमाडौँ महानगरपालिका वडा न. २ टुकुचा उत्तरढोकाबाट अति दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला थान- ५ सहित दुई जना पक्राउ गरेको छन। छाला सहिद सोलुखुम्बु दुधकोशी गा.पा.५ का शुक्र राई र जिल्ला सोलुखुम्बु गा.वि.स साबिक मुक्ली गा.वि.स.वडा नं.३ का पबन श्रेष्ठ पक्राउ परेका छन्।

चाबहिलबाट ठमेलमा बेच्नको लागी तयार लागेको छाला बिशेष सुराकी आधारमा दरबारमार्ग बृत प्रहरी निरक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले चेक जाच गर्दा उनिहरु पक्राउ परेका हुन् । प्रहरी निरक्षक फल बहादुर तामाङको  यो प्रसम्शानिय कार्य हो । पक्राउ परेकालाई बन्यजन्तु संरक्षण ऐन अनुसार मुद्दा चलाउने दरबारमार्ग बृतका प्रमुख डिएसपी दान बहादुर मल्लले बताए।

छला सहित सोलुखुम्बुका पवन श्रेष्ठ र शुक्र राई प्रहरिबाट पक्राउ परेका हुन । पक्राउ परेकालाई वन्य जन्तु सम्रक्षा न ऐन अनुसार मुद्धा चलाईने छ । संरक्षित बन्य जन्तु भयकाले रेड पान्डा मार्नु र यस्को अंगहरु वेच्नु गैरकानुनी मनिन्छ ।