त्रिभुवन विमानस्थलबाट एक क्रोएसियाली महिला पक्राउ

अ+
अ
अ-

काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक क्रोएसियाली महिला पक्राउ परेकी छन् । उनी प्रवेशाज्ञा भिसा बिनै नेपाल छिरेकाले उनलाई पक्राउ गरिएको हो। भारतबाट स्थलमार्ग हुँदै नेपाल छिरेकी ती महिला भारतको मुम्बाइ जान लाग्दा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी हुन्।

बिना भिसा नेपाल प्रवेश गरेको पाइएपछि त्रिवि अध्यागमनका कर्मचारीले क्रोएसियाली महिला मिराला बारर्डीयालाई विमानस्थलबाट पक्राउ गरेको हो। उनले क्रोएसियाको २७४०४४८२८ नम्बरको राहदानीमा यात्रा गरेकी थिइन्। त्रिवि अध्यागमन कार्यालयले उनको राहदानी परीक्षण गर्दा भिसा र आगमन छापसमेत नभएको भन्दै मुम्बाइ जान रोक लगाएको छ । उनले भारतीय नागरिकसँग बिवाह गरेको खुल्न आएको छ । अाजकाे अन्नपुर्ण पोष्टमा खबर रहेकाे छ ।