सशस्त्र प्रहरी थमन विकको हत्याका आरोपी राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

अ+
अ
अ-

साउन २९, काठमाण्डौ । सशस्त्र प्रहरी थमन विकको हत्याका आरोपी समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् ।

उच्च अदालत जनकपुरले साउन १५ गते राज्यमन्त्री शर्मालाई पक्राउ गर्न महोत्तरी जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको थियो । पत्र पाएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई खोजी गरिरहेको थियो ।

हिजो विहान शर्मा महोत्तरी जिल्ला अदालतमा हाजिर भएका थिए । राजपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि राज्यमन्त्री शर्मालाई अदालतमा हाजिर गराएको बताइएको छ ।

प्रदेश नम्बर दुईका राज्यमन्त्री अभिराम शर्मालाई सरकारले झुटा मुद्दा लगाएर फसाउन खोजेको  प्रदेश नम्बर दुईका पर्यटन मन्त्री रामनरेशरायको आरोप छ ।