विमस्टेक शिखर सम्मेलनमा भाग लिनका साथै लुम्बिनी र पोखरा भ्रमणको लागि मोदी नेपाल आउने तय

अ+
अ
अ-

काठमाडौं, २२ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही भदौ १४ गते नेपाल आउने भएका छन् । काठमाडौंमा यही अगष्ट ३० र ३१ गते हुने विमस्टेक शिखर सम्मेलनमा भाग लिनको लागि मोदी काठमाडौं आउन लागेका हुन् ।

काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलनमा भाग लिन मोदी भदौ १४ गते ने नेपाल आउन लागेका हुन् ।

मोदी काठमाडौं ओर्लिएलगत्तै लुम्बिनीको भ्रमण गर्न जाने कार्यक्रम समेत तय भएको छ । स्रोतका अनुसार मोदीले लुम्बिनीको साथै पोखराको पनि भ्रमण गर्ने कार्यतालिका बनेको छ ।