अ+
अ
अ-
काठमाडौं, १९ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रतिनिधिसभाको सचेतक पुष्पा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै आफ्ना पति डाक्टर चोपलाल भुषाललाई राजदुतबाट फिर्ता नबोलाउन आग्रह गरेको खुलासा भएको छ ।
स्रोतका अनुसार कांग्रेस सचेतक भुषालले प्रधानमन्त्री ओलीलाई हालै भेटेरै यस्तो आग्रह गरेकी हुन् । उनले आफूले सरकारको विरोधमा कुनैपनि अभिव्यक्ति नदिने भनेर प्रधानमन्त्री ओलीलाई आश्वस्त तुल्याएका थिईन् । भुषालका पति डाक्टर चोपलाल हाल बंगलादेशका लागि नेपाली राजदुतको रुपमा कार्यरत छन् ।


