कांग्रेस भन्छ–‘स्वतन्त्र न्यायपालिकामाथि आक्रमण भयो, संसदमा सशक्त आवाज उठाउँछौं’

अ+
अ
अ-

काठमाडौं, १९ साउन । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रस्तावित प्रधानन्यायाधीशबारे राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय भएको ठहर गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिले जोशी प्रकरण स्वतन्त्र न्यायपालिकाको विरुद्ध भएको निष्कर्ष निकालेको छ ।

कांग्रेसले उक्त कुरा संसदमा प्रभावकारी रुपमा उठाउने भएको छ । शनिबार बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा सुनुवाई समितिको निर्णयबारे छलफल भएको थियो ।

राजनीतिक नियुक्तिहरुमा राष्ट्रिय सहमति अनुसार प्रधानमन्त्रीले काम नगरेको कांग्रेसको आरोप छ । उसले प्रधानमन्त्री आफैंले विफल बनाउनुपर्ने भएपनि जोशीलाई सिफरिस गर्नु राजनीतिक पूर्वाग्रह भएको जनाएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश अस्वीकृत भएको नैतिक जिम्मेवारी संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने कांग्रेसले बताएको छ ।

सत्तारुढ दल नेकपाको बहुमत रहेको सुनुवाई समितिले राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय गरेको कांग्रेसको आरोप छ ।