खेलकुद
प्याराग्लाइडिङको टिमको अन्तिम चरणको खेल आज,नेपालीले पहिलो पदक पाउलान त ?

काठमाडौँ । इण्डोनेसियामा जारी १८आँै एशियाली खेलकूदअन्तर्गत प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको अन्तिम चरणको खेल आज हुँदैछ ।
मङ्गलबार चौथो चरणको खेल समाप्त हुँदासम्म नेपाली पुरुष टोली दोस्रो स्थानमा पुगेको छ । आज अन्तिम दिनको प्रतिष्पर्धामा नेपालले अघिल्लो दिनसम्मको अवस्थालाई कामय राख्नसके १८औँ एशियाडमा पहिलो पदक प्याराग्लाइडिङमा जित्ने सम्भावना छ ।
मङ्गलबारको खेल सकिँदासम्म नेपालको दुई हजार ७९८ अङ्क छ । पहिलो स्थानमा रहेको जापानको तीन हजार २९८ अङ्क तथा दुई हजार १९२ अङ्कसहित दक्षिण कोरिया तेस्रो स्थानमा छ ।


