मनोरञ्जन

प्रियंकाले ‘भारत’ छाडेपछि सलमानले दिए यस्तो जवाफ

काठमाडौं, २२ साउन । बलिउड अभिनेत्री प्रियंका चोपडा फिल्म ‘भारत’बाट बाहिरिएपछि चर्चामा रहेकी छन् । यसैबीच हालै भएको एक कार्यक्रममा प्रियंकाको विषयमा प्रश्न गर्दा सलमानले आफूले आजकाल पत्रिका नपढेको र यस विषयमा केही पनि थाहा नभएको बताए ।

तर, सोमबार साँझ दिल्लीमा आयुषको फिल्मको ट्रेलर सार्वजनिक समारोहमा सलमानले प्रियंकाबारे बोलेका थिए । उनले भने, ‘म उनको लागि निकै खुशी छु । अहिले उनले हलिउडमा राम्रो फिल्म साइन गरेकी हुनसक्छ । हामी उनलाई रोक्दैनौं ।’

राति उज्यालो देखिने, आँखालाइ असर नगर्ने, अगाडी गाडीको हेडलाइटले असर नगर्ने र दिउसो पनि लगाउने मिल्ने Rs 499/-Rayban…

Posted by AB'z Shop on Tuesday, August 7, 2018

उनले थपे, ‘यो कुरा अलि पहिला थाहा पाएको भए राम्रो हुन्थ्यो । अन्तिम क्षणमा हामीले थाहा पायौं । शूटिङ सुरु हुनुभन्दा करिब दस दिनअघि फिल्म छाड्नेबारे हामीले जानकारी पायौं । शेड्यूलको दिन उनले फिल्म छाड्ने कुरा आयो । र, हामीले सहजै हुन्छ भन्यौं ।’

उनले त्यसबेला अरु कुनै कारण भनेर फिल्म छाडेको सलमानले बताए । सलमानले भने, ‘कारण पिक्चर होस् या विवाह, उनले हलिउडमा टिभी सिरियल वा फिल्मा काम गरे म खुशी हुन्छु । उनलाई सँधै सपोर्ट गरिरहनेछु ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *