मनोरञ्जन

गोपीकृष्ण हलबाट शुरु गरियो बक्स अफिस परीक्षण

काठमाडौं, ३ वैशाख – काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका सबै सिंगल थिएटरका हलहरुमा बक्स अफिस लागू (इ–टिकेटिङ) लागू हुने भएको छ । काठमाडौं तथा काठमाडौं बाहिरका मल्टिप्लेक्स हलमा सञ्चालित टिकेटिङ सिस्टम पनि बक्स अफिसमा जोडिने तयारी भएको छ ।

वैशाखको पहिलो सातादेखि काठमाडौंमा बक्स अफिस लागू गर्ने चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको पूर्व घोषित योजना अनुरुप काम अघि बढिरहेको बताइएको छ । वैशाख १० गतेदेखि औपचारिक रुपमा काम शुरु हुने गरी तयारी भइरहेको र मल्टिप्लेक्स हलमा पनि सिस्टम अपडेट भइरहेको छ ।

यसै योजना अनुसार चावहिलको गोपीकृष्ण सिनेमा हलमा बक्स अफिसको पहिलो परीक्षण गरियो । गोपीकृष्णसँगै कोटेश्वरको पुष्पाञ्जली, हल, बौद्धको सिद्धार्थ र पृथ्वी हल साथै कलंकी पनिेमा हलमा पनि बक्स अफिस प्रविधि जडानको क्रममा रहेको बताइएको छ ।

अब केही दिनमै गोपीकृष्ण हलमा फिल्म हेर्न आउने दर्शकले पनि इ टिकेटिङमार्फत टिकट काट्ने बोर्डकी अध्यक्ष निकिता पौडेलले बताइन् । साथै उनले निर्माताको आग्रहमा नयाँ आर्थिक वर्षदेखि नेपालका सबै हलमा बक्स अफिस लागू हुने जानकारी दिइन् ।

आर्थिक अवस्था कमजोर भएका थिएटर हललाई भने बोर्डले नै जडानमा सहयोग गर्ने योजना रहेको पौडेलले बताइन् । बक्स अफिस प्रणाली प्रभावकारी नभएको भन्दै केही हलवालाले विरोध गर्दै आइरहेका छन् । तर आउँदो श्रावणदेखि बक्स अफिस प्रणाली लागू भएरै छाड्ने अध्यक्ष पौडेलले दाबी गरिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *