डम्पिङसाइटमा जाम, राजधानीका सडक फोहोरले भरिए

अ+
अ
अ-

काठमाडौं – फोहोरको रासमाथि माटो छापेर बनाइएको सडक वर्षाको पानीले गलेपछि दुई सातादेखि काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा खस्न सकेको छैन । राजधानीबाट फोहोर बोकेर गएका ट्रक फोहोर घोप्ट्याउन फोहोरको डंगुरमाथि छापिएको माटोमा गुड्नुपर्छ ।

तर, वर्षाको पानीले माटो बगाएको र फोहोर पनि गलेकाले यातायात अवरुद्ध भएको ल्यान्डफिल साइटमा कार्यरत काठमाडौं महानगरपालिकाका कर्मचारी सरकारदीप श्रेष्ठले बताए ।

‘फोहोर माथि बनाइएको बाटो नै भासिएकोले ट्रकले फोहोर घोप्ट्याउन सकेनन्,’ उनले भने । फोहोरको रास माथि गाडी गुड्नु परेपछि यस्तो नभए के होस् ।’ सरकारले तीन वर्षको लागि भनेर निर्माण गरिएका ल्याण्डफिल साइडको विकल्प १४ वर्षसम्म पनि नखोज्दा यो समस्या आएको उनले बताए ।
आजको नयाँ पत्रिकामायो खबर रहेको छ ।