समाचार
‘उमेर हदबन्दी हटाउनेमा नेता गौतमको भूमिका छैन’

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमको पार्टीको विधानमा उमेर हदबन्दी हटाउने विषयमा कुनै भूमिका नरहेको स्पष्ट पारिएको छ ।
नेता गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले आज विज्ञप्ति जारी गर्दै । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा गठन भएपछि दुवै पार्टीका विधान र कार्यविधिलाई आधार मान्दै पार्टीको नयाँ विधान तयार भएको जनाउनुभएको छ ।
तत्कालीन एमालेको विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद नयाँ विधानबाट हटाउनका लागि सचिवालय सदस्य गौतमको भूमिका नरहेको र पार्टी कामका सन्दर्भमा व्यक्तिगत भूमिका वा कुनै किसिमको माग दावी उहाँले प्रस्तुत नगरेको विज्ञप्तिमा जनाइएको छ ।

