विश्वसमाचार

भारतका प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं, ४ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लोक सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । मोदी सरकारको चार बर्षको कार्यकालमा उनीविरुद्ध पहिलो पटक अविश्वास प्रस्ताव दर्ता भएको हो ।

लोकसभामा मोदीआवद्ध भारतीय जनता पार्टीको एक्लै बहुमत छ । सांसद खरिदविक्रि भएको खण्डमा मोदीका लागि यो प्रस्ताव खतरा सावित हुनसक्छ । भारतीय राजनीतिमा सांसद खरिदविक्रि सामान्य हो ।

लोक सभाकी अध्यक्ष सुमित्र महाजनका अनुसार अविश्वास प्रस्तावमाथिको मतदानका लागि साँझ सवा ६ बजेको समय तोकिएको छ । लोक सभामा लन्चको समय पनि नराखिने भएको छ ।

भारतको संविधानअनुसार लोक सेवा अध्यक्षको मञ्जुरीका आधारमा यस्ता प्रस्तावमा बहस हुन सक्नेछन् ।

बहस सुरु हुनु अघि प्रधानमन्त्री मोदीले ट्वीस्टरमा संसदीय लोकतन्त्रका लागि अहम् दिन भएको लेखेका छन् । उनले आफ्ना सांसदले साथ दिने विश्वास पनि लिएका छन् ।

लोक सभामा अहिले ५३४ सांसद छन् । अविश्वास प्रस्ताव पास गर्नका लागि २६८ ले बहुमत पुग्छ । लोक सभा अध्यक्ष सुमित्रासहित भाजपासँग २७४ सांसद छन् । उसलाई लोक जनशक्ति पार्टीका ६ र शिरोमणि अकाली दलका ४ सांसदको पनि समर्थन थियो । शिव सेनासँग १८ सांसद छन् जसले भाजपालाई सघाएको थियो । तर शिव सेना तटस्थ बस्नसक्नेछ ।

उता भारतीय कांग्रेससँग भने ६३ सांसद छन् । कांग्रेसका ४८, त्रीणमुल कांग्रेसका ३४, तेलगु देशम पार्टीका १६ सांसद उसका साथमा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *