समाचार

सरकारले गोविन्द केसीलाई कांग्रेसको कार्यकर्ता भनेर परिभाषित गरेर गल्ती गर्यो : गौतम

काठमाडौं, ०१ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री सञ्जय गौतमले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीका मागहरु तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कामा बोल्दै नेता गौतमले अनशनरत डाक्टर केसीलाई कांग्रेसको कार्यकर्ताका रुपमा परिभाषित गरेर सरकारले गल्ति गरेको भन्दै तत्काल केसीको जीवन रक्षा गर्न समेत माग गरे ।

क्लबका उपाध्यक्ष बैकुण्ठ ढुंगानाको सभापतित्वमा आयोजित साक्षात्कामरा बोल्दै उनले भने,‘कुरा सुन्दापनि हाँसो उठ्छ, स्वास्थ्य र शिक्षाजस्तो महत्वपूर्ण क्षेत्र सबल, राम्रो र गुणस्तरीय हुनुपर्छ भनेर डाक्टर केसीजस्तो सादगी व्यक्तिले सत्याग्रहको माध्यायमबाट आवाज उठाउनुलाई कुनै दलसँग जोडेर हेर्न मिल्छ ?’

नेकपाका नेताहरुले बोलेका कुराहरुले सरकार कति जिम्मेवार छ र नेकपाका नेताहरुमा दुई तिहाईको दम्भ कति रहेछ ? भनेर जान्न सकिने उनको धारणा छ । उनले थपे,‘सरकारले कांग्रेसलाई केही नपाएर गोविन्द केसीलाई बोकेको छ, उचालेको छ जस्ता आरोप लगाउँदै आएको छ, माथेमा प्रतिवेदनको आधारमा संसदमा दर्ता गरिएको चिकित्सा शिक्षा विद्येयकका ’boutमा कांग्रेस सहमत छ, माथेमा प्रतिवेदन तयार पार्ने विज्ञ व्यक्तिहरुको सुझावलाई कांग्रेसले मानेको हो, कुनै व्यक्तिलाई बोकेर राजनीति गर्नुपर्ने स्थति कांग्रेसको छै्न।’

केसीको जारी १५ औं अनशन समाज र देशकै लागि भएको भन्दै सकारले यस्ता सामाजिक अभियन्ताहरुको जीवन रक्षा गर्नुपर्ने धारणा राखेका नेता गौतमले सरकार अपारदर्शी रुपमा अघि बढेको आरोप समेत लगाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *