मनोरञ्जन
साम्राज्ञीको पैसाको डिल आमाले गर्ने गरेको खुलासा

काठमाडौं, २१ असार । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको रिल र रियल लाइफमा डेब्यु फिल्म ुड्रिम्सु ले धेरै ठूलो छलाङ मारेको छ । उनी अहिलेकी सर्वाधिक डिमाण्डेड अभिनेत्री हुन् । उनलाई लिएपछि निर्माताहरु आफ्नो लगानी सुरक्षित भएको ठान्दछन् ।
अभिनेत्री रेखा थापापछि नायिकाको स्टारडमको भ्याकुम साम्राज्ञीले पूरा गर्नसक्ने धेरैको विश्वास छ । ड्रिम्स पछि ए मेरो हजुर २ बक्सअफिसमा चम्किएपछि उनको चर्चा जति चुलिएको छ त्यति नै पारिश्रमिकको मामलामा पनि टप स्थानमा छिन् ।
अभिनेता आर्यन सिग्देलको निर्माण र अभिनय रहेको फिल्म कायरामा उनले १० लाख पारिश्रमिक बुझेकी थिइन् । यसअघि यो रकम नेपालका कुनै पनि नायिकाले एक फिल्मबाट बुझ्न सकेका थिएनन् । आर्यनले साम्राज्ञीको स्टारडमलाई मध्यनजर गर्दै उक्त रकम सहजै दिए ।



