खेलकुद

रोनाल्डोको गोलमा पोर्चुगलको अग्रता

रूस – रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा अहिले पोर्चुगल र मोरक्कोको खेल जारी छ।

मस्कोको लुज्निकी रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पोर्चुगल १–० ले अगाडि छ। पोर्चुगलका लागि खेलको चौंथो मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गरेका हुन्।

रोनाल्डोले कर्नरमा आएको बललाई उत्कृष्ट हेड गर्दै गोल गरे। योसँगै रोनाल्डोले यो विश्वकपको २ खेलमा ४ गोल गर्दै आफूलाई शीर्ष स्थानमा राखेका छन्। आफ्नो पहिलो खेलमा स्पेनविरुद्ध ३ गोल गर्दा सबै गोल रोनाल्डोलेनै गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *