समाचार

राजपाले विधान संशोधन गर्ने, महाधिवेशन २०७६ वैशाखमा

राष्ट्रिय जनता पार्टी (राजपा)ले विधान संशोधन गरी एक वर्षभित्र महाधिवेशन गर्ने प्रावधान हटाउने भएको छ ।

राजपा निर्वाचन आयोगमा दर्ता भएको एक वर्ष पुरा हुनै लाग्दा निर्वाचन आयोगले असारभित्र महाधिवेशन गर्न पत्र काटेको थियो । महाधिवेशनको कुनै तयारी नथालेको राजपाले आयोगले तोकेको समयभित्र महाधिवेशन गर्न नसक्ने निष्कर्ष निकाल्दै विधान संशोधन गरेको हो ।

बुधबार बसेको राजपाको राजनीतिक समितिको बैठकले विधान संशोधन गरी आयोगलाई पत्राचार गर्ने निर्णय गरेको नेता मनिष सुमनले जानकारी दिए । बैठकले २०७६ साल वैशाख ७, ८ र ९ मा महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *