समाचार

पारस शाहले गरे कुलदेवताको पूजा

गोरखा-पूर्व युवराज पारस शाह बुधबार बिहान गोरखा पुगेर शाह बंसका कुलदेवता गोरखकालीको पूजा गरेका छन्। त्यस पछि उनले गोरखा संग्राहालयको अवलोकन गरे।

मंगलवार गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको दर्शन गरेर गोरखा नगरपालिका ९ स्थित गोरखा गाउँ रिसोर्टमा बसेका उनलाई बुधवार बिहान शुभेच्छुकले मोटरसाईकल र्‍याली सहित गोरखा दरबार पुर्‍याएका थिए। गोरखकाली मन्दिरमा वैद्धिक विधी पूर्वक एक घण्टा ३० मिनेट लामो पूजामा सरिक भएर शाह गोरखा स्रंग्राहालय झरेका थिए। गोरखा संग्राहालयमा राम शाहादेखि पृथ्वीनारायण शाहाको पालाका इतिहास झल्कने तस्बिर र समानको अवलोकन गरे। सबै नेपालीलाई एकवद्ध बनाएर एउटै सुत्रमा बाध्न धार्मिक पूजापाठमा हिँडेको प्रतिक्रिया पारसका सहयोगीहरुले दिएका थिए।

संग्राहालयमा पुराना बन्दुकहरु, तोप जस्ता सामग्रीमा पारसको ध्यान धेरै खिचिएको देखिन्थ्यो। गोरखा संग्राहालय परिसरमा रहेको पृथ्वीनारायण शाहाको शालिकमा माल्यार्पण गरेर शाह संग्राहालय बाहिरिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *