काठमाडौँ, ५ असार । नेपाल प्रहरीमा दरबन्दी थप भएसँगै बढुवाको लागि चर्काे प्रतिष्पर्धा हुने भएको छ । प्रहरीलाई संघीय संरचनामा लैजाने प्रारम्भिक चरणअनुसार थप जनशक्ति आवश्यक भएको भन्दै गत जेठ २८ गतेको मन्त्रिपरिषद्को बैठकले एक प्राविधिक एसएसपीसहित ३ हजार १ सय १ दरबन्दी थप्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्राविधिकतर्फ र बाँकी ३ हजार दरबन्दी प्रशासनतर्फ कायम गरिएको छ । जनपद प्रहरी समूहअन्तर्गत १४ प्रहरी उपरीक्षक (एसपी), १२ प्रहरी नायब उपरीक्षक (डीएसपी), ५० प्रहरी निरीक्षक (इन्स्पेक्टर), १४७ प्रहरी नायब निरीक्षक (सई), २५५ प्रहरी सहायक निरीक्षक (असई), ६०६ प्रहरी हवल्दार, १६९६ प्रहरी जवान, १८४ प्रशिक्षार्थी प्रहरी जवान र १३५ प्रहरी कार्यालय सहयोगीको दरबन्दी थप भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले बताए ।
प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखा सम्बद्ध स्रोतका अनुसार थप भएको १४ एसपीको लागि २० डीएसपीबीच चर्को प्रतिस्पर्धा देखिएको छ । यस्तै थपिएको १२ र बढुवापछि खाली हुने १४ समेत गरी २६ डीएसपीको लागि ६० भन्दा बढी इन्स्पेक्टरबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।
रिक्त १४ एसपीको लागि डीएसपीहरु रमेश कुमार बस्नेत, भीमबहादुर दाहाल, गोविन्द अधिकारी, रवीन्द्र रेग्मी, विनोद सिलवाल, हीराबहादुर पाण्डे, श्याम कृष्ण अधिकारी, केदार खनाल, रामप्रकाश शाह, तुलबहादुर कार्की, कृष्ण प्रसाईं, राकेश सिंह, राजीवबहादुर बस्नेत, कृष्णजी अधिकारी, सूर्यबहादुर के.सी., नान्तीराज गुरुङ, विमलराज कँडेल, श्यामप्रसाद पौडेल, डा.मेख बहादुर खत्री र प्रवीणलाल श्रेष्ठबीच प्रतिस्पर्धा छ ।
वरीयता तथा कार्यदक्षतामा अब्बल भएता पनि रमेशकुमार बस्नेत, भीमबहादुर दहाल, गोविन्द अधिकारी, रवीन्द्र रेग्मी, विनोद सिलवाल र हीराबहादुर पाण्डे गत महिनाको बढुवामा छुटाइएको थियो । बढुवाका आकांक्षी सबै अधिकृतहरु २०६७ पुस २६ मा डीएसपीमा बढुवा भएका थिए ।
बढुवापश्चात् रिक्त हुने १४ तथा थपिएको १२ समेत गर्दा कायम हुने २६ डीएसपीको लागि ६० भन्दा बढी इन्स्पेक्टरहरुबीच प्रतिस्पर्धा हुने भएको छ । इन्स्पेक्टरहरु विजयराज पण्डित, गोविन्द थापा, सुनीलजंग शाह, मदन के.सी., हरि खतिवडा, बसन्त पाठक, जागेश्वर भण्डारी, दक्ष कुमार बस्नेत, मञ्जिल मुकारुङ, खुमलाल भुसाल, विष्णुप्रसाद सोती, सुन्दर तिवारी, प्रह्लाद कार्की, नमराज भट्टराई, दीपक बहादुर के.सी., दिनेशकुमार भण्डारी, दानबहादुर थापा, वीरेन्द्र गोदार, निरन्जन थापा, पुरुषोत्तम खड्का, हेमन्त भण्डारी क्षेत्री डीएसपीकाे बढुवाको लाइनमा छन् ।
यसैगरी, दीपक कुमार कार्की, महेश खनाल, प्रतित सिंह राठौर, मनोज कुमार लामा, चिनी माया तामाङ, राजकुमार थिङ, चक्र बहादुर शाह, मधु कुमार थापा, माधव प्रसाद काफ्ले, नवराज पोखरेल, रञ्जन कुमार दाहाल, हरि बहादुर बस्नेत, मधुसुधन न्यौपाने, रविराज थपलिया, विश्वराज अधिकारी, नरबहादुर सलामी मगर, मोहन विक्रम दाहाल, हरि कृष्ण के.सी., हेम बहादुर शाही, चन्द्र बहादुर थापा, वेद प्रसाद गौतम, नवराज ढुंगाना, ज्ञान कुमार महत्तो, वेद प्रकाश जोशी, जयश्वर रिमाल, रमेश कुमार देव, सन्तुलाल प्रसाद जैसवार, गौतम थापा, मदनजीत महरा, छिरिङ किप्पा लामा, ज्ञान बहादुर बिष्ट, मिन बहादुर घले, सुनिल दाहाललगायतका अधिकृतहरु डीएसपीकाे बढुवाको लाइनमा छन् । उनीहरु सबै २०६४ सालमा इन्स्पेक्टरमा बढुवा तथा नियुक्ति पाएका अधिकृत हुन् ।


