समाचार

कलाकार भीमबहादुर थापाको निधन

काठमाडौं, ३० जेठ । कलाकार भीमबहादुर थापाको निधन भएको छ । थापाको बुधबार बिहान २ बजे ९२ वर्षको उमेरमा निधन भएको आफन्तजनले बताएका छन् ।

थापालाई मुटु, मृगौला, फोक्सो आदिमा स्वास्थ्य समस्या थियो । रोगका कारण थलिएका थापा केही समययता अभिनयमा कम सक्रिय थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिनेछ ।

उनलाई अन्तिम श्रद्धाञ्जलिका लागि १० बजेदेखि १२ बजेसम्म आर्यघाटमा राखिनेछ । आर्यघटामा उनलाई सेनाले अन्तिम सलामी दिनेछ ।

थापाका दुई छोरीहरू रहेका छन् । उनी नेपाली सेनाका अवकाश प्राप्त सेनानी समेत हुन् । वास्तविक जीवनमा पनि उनको काजकिरियाका लागि अमेरिकामा रहेका उनका एक मात्र छोरा नेपाल आउन नपाउने भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *