स्वास्थ्य

पिनास के हो ? यस्तो छ पिनासको प्राकृतिक उपचार

  • डा. यञ्जन गैह्रे

काठमाडौँ । पिनास भनेको नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वास प्रश्वासमा बाधा पुर्‍याउने एक किसिमको रोग हो । जसलाई ‘साइनोसाइटिस’ पनि भनिन्छ ।

साइनोसाइटिस साइनस (sinus) हरुको इन्फ्लामेसन (जलन) हो । साइनस भन्नाले टाउको र अनुहारको हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन्, जो साना–साना प्वालहरु, ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । जब कुनै व्यक्तिलाई रुघा तथा एलर्जी हुन्छ, अनि यी साइनसमा सिँगान भन्ने तरल पदार्थ भरिन्छ र त्यहाँका पातला झिल्लीबाट बनेका तहहरु सुन्निछ । जहाँ ब्याक्टेरिया एवं भाइरस विकसित भई पिनास भन्ने रोग उत्पन्न हुन्छ ।

विशेष गरी साइनसहरु चार प्रकारका हुन्छन् र तिनीहरुको इन्फ्लामेसनको आधारमा पिनासको वर्गीकरण गरिएको हुन्छ ।

१) फ्रन्टल साइनस (Frontal sinus) – निधारमा हुन्छ ।
२) म्याक्जिलरी साइनस (Maxillary sinus) – दुवैतिर गालाको भित्री भागमा ।

३) इथमोइडल साइनस (Ethmoidal sinus) – आखाँहरुको बीचमा ।
४) स्फेनोइडल साइनस (Sphenodal sinus) – इथमोइडल साइनसको भित्री भागमा ।

पिनास दुई प्रकारका हुन्छन्:

१) एक्युट साइनोसाइटिस (पिनास): ३० दिन भन्दा कमको पिनास/१० दिन भन्दा कम समय सम्ममा रहने प्राय भाइरल संक्रमणका कारणले हुने गर्दछ, भने १० दिन भन्दा बढी रहेमा, त्यो पिनास व्याक्टोरियल संक्रमणका कारण हुने गर्दछ भन्ने सम्भावना बढी रहन्छ ।

२) क्रोनिक साइनोसाइटिस (पिनास): ३ महिना वा १२ हप्ता भन्दा बढी रहने पिनास प्राय गरेर एलर्जीक व्यक्तिहरुको नाक भित्र मासु पलाएको पोलिपहरुको अवस्थामा देखिने गर्दछ ।

पिनास हुनुका मुख्य कारणहरु:

१) साइनस (Sinus) को भित्री भागमा केहि गरी अवरोध वा रोकावट हुनु ।

२) एलर्जी, भाइरल वा व्याक्टोरियल संक्रमण हुनु ।

३) नाकको भित्री भागमा मासु पलाउनु – Nasal polyp वा ट्युमर हुनु वा नाकको
भित्रको हड्डि बाङ्गिनु ।

४) एलर्जी गराउने कुनै वस्तु, खाना, धुवाँ–धुलो, गन्ध आदि ।

५) कुनै पनि प्रदुषण, चिसो, वातावरण, चिसो हावा, चिसो वा बासी खाना, आदि ।

पिनासको लक्ष्णहरु:

१) नाक बन्द भइरहने र श्वासप्रश्वास गाह्रो हुने ।

२) टाउकोको अगाडिको भागमा भारी र अनुहारको अगाडिको भागमा पनि पिडा हुने ।

३) गन्ध वा वास्ना थाहा नपाउने ।

४) नाकबाट बाक्लो, पहेलो र गन्द युक्त सिँगान बग्ने ।

५) दिउँसोमा सुख्खा खोकी लाग्नु, रुघाको लक्षण देखिनु, मन्दमन्द ज्वरो आउनु, दाँतको
पिडा पा कानको दुखाई हुनु ।

योग तथा प्राकृतिक चिकित्सा:

१) योग चिकित्सा:
– अनुलोम विलोम प्राणयाम

– कपालभाति प्राणायाम

– सूर्यवेदि प्राणयाम

२) प्राकृतिक चिकित्सा:
– जलनेति वा सूत्रनेती

– अनुहारको मालिस

– अनुहारको वाष्पस्नान

– नास्य, शिरोवस्ती र शिरोधारा

– उष्णपादस्नान

– एक्युपंचर, एक्यूप्रेशर र रिफ्लेक्सोतोजी विधि

पिनास हुँदा के खाने, के नखाने ?

१) प्रशस्त मात्रामा खानु पर्ने:
– हरियो सागसब्जी, फलफूल, अंकुरित अन्न वा गेडागुडी

– हर्बल चिया, कागती र मह र ज्वानोको रस, तुल्सीको पातको रस र मह

– भिटामिन बी–१२ र भिटामिन सि युक्त खाना तथा फलफूल

२) कम मात्रामा खान हुने:
– चिसो गर्ने परिकार जस्तै: गुन्दु्रक, तामा, इस्कुस, अमिलो दहि, मासको दाल ।

– धुमपान, मद्यपान, सुर्तीजन्य पदार्थ नखाने

– कोल्डड्रिंक, बोतलबन्द परिकार, मैदाबाट बनेका परिकार, गुलिया खाद्य वस्तु यो रोगका
लागी मैत्री खाना होइनन् ।

(लेखक, प्राकृतिक स्वास्थ्य अस्पताल र वेलनेस अस्पतालका विशेषज्ञ डाक्टर हुन्)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *