समाचार

विप्लवका कार्यकर्ता छाड्न सर्वोच्च अदालतको आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेकपा विप्लव समुहका कार्यकर्तालाई पक्राउ गरी थुनामा राख्नु गैरकानुनी भएको भन्दै सोमबार थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले थुनामा राख्नुपर्ने कुनै कारण र आधार नदेखिएको भन्दै पक्राउ परेका ७ जनालाई थुनामुक्त गर्न आदेश गरेको हो।

यसअघि सर्वोच्चले सरकारलाई विप्लव समुहका कार्यकर्तालाई पक्राउ गर्नुको कारण र बन्दीसहित अदालतमा उपस्थित हुन आदेश गरेको थियो।

अमर झाँक्री समेतको हकमा भीमप्रसाद शर्माले सर्वोच्चमा गत वैशाख २५ मा संवाद डबली अनामनगरमा पत्रकार सम्मेलन गर्दागर्दै प्रहरीले पक्राउ गरेको र भेट्नसमेत नदिइएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट दर्ता गरेका थिए।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष अमर झाँक्री, सदस्यहरू शिवराज नेपाली, देवबहादुर सूचीकार, हरिचन्द्र खड्का, टेकबहादुर प्रधान, दलबहादुर थापा, लिलबहादुर बुढाथोकीलाई अनामनगरमा पत्रकार सम्मेलन गर्दागर्दै पक्राउ गरिएको भन्दै रिट दर्ता गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *