समाचार
कर्णाली राजमार्गको दैलेखमा चिपप्लिएर बस पल्टियो : १ को मृत्यु, ७ जना घाइते
दैलेख- दैलेखमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । कर्णाली राजमार्गको दैलेखमा मंगलबार बिहान आठबिस नगरपालिका ५ मा ना ५ ख ७२४३ नम्बरको बस दुर्घटना भएको हो।
प्रहरीले जनाए अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा आठबिस नगरपालिका ५ बस्ने ३३ वर्षीया दिर्जा माझी रहेका छन् । घाइते ७ जनाको अहिले स्थानीय मेडिकलमा उपचार भैरहेको बताइएको छ । सो बस घुम्तिमा चिप्लेर करिब ५०-६० मिटर तल खसेको थियो ।



