समाचार

एकीकृत पार्टीको संयुक्त बैठक गोकर्ण रिसोर्टमा बस्ने

काठमाडौं, ३ जेठ । एमाले–माओवादी एकता संयोजन समितिको बैठकमा भएको सहमतिअनुसार निर्वाचन आयोगमा पुगेर एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल संयुक्त रुपमा निर्वाचन आयोग पुगेर एकीकृत पार्टी दर्ता गराउने कार्यक्रम छ ।

सो कार्यक्रमलगत्तै राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा कार्यक्रम तय गरिएको छ । अपराह्न १६ः०० बजेका लागि सो कार्यक्रम आयोजना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव श्रेष्ठले जानकारी दिए।

एकता घोषणा कार्यक्रम सम्पन्न भएलगत्तै आज साँझ काठमाडौंस्थित् गोकर्ण रिसोर्टमा यहाँ एकीकृत पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बस्ने कार्यक्रम छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *