समाचार
यस्तो छ मोदीको आजको भ्रमण तालिका

काठमाडौं, २९ वैशाख- नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज दोस्रो मुक्तिनाथ पुग्दैछन् । मोदी मुक्तिनाथ पुग्ने भएपछि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । मुक्तिनाथबाट फर्केपछि आजै पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा गर्ने कार्यक्रम छ ।
मुक्तिनाथ मन्दिरबाट काठमाडौं फर्केपछि मोदीलाई टुँडिखेल सैनिक मञ्चमा नेपाली सेनाले गार्ड अफ अनर दिने कार्यक्रम छ ।
यस्तो छ मोदीको आजको भ्रमण तालिका:
-बिहान ६ः२० मुक्तिनाथ प्रस्थान
– ७ः५० मुक्तिनाथ दर्शन
– ८ः३० मुक्तिनाथबाट हेलिकप्टरमा जोमसोम प्रस्थान
– ८ः५० जोमसोम अवरण
– ९ः०० जोमसोमबाट काठमाडौं प्रस्थान
-१०ः२० काठमाडौं अवतरण
-१०ः३० विमानस्थलबाट दर्शनका लागि पशुपतिनाथ मन्दिर प्रस्थान
-११ः३० होटल हायात प्रस्थान
-२ः००-२ः३० नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग भेटवार्ता
-२ः३० महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान
-२ः४५-३ः३० नागरिक अभिनन्दन
-४ः३० नयाँ बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान

