समाचार
फौन्डेसन अफ नेपाली समाज ( सोसाइटि) बाट अग्निपिडितका लागी राहत वितरण

हुम्ला ,२५ बैशाख। हुम्ला स्थित ताजाकोट अन्तर्गत घरबाना गाउमा लागेको भिषण आग्लागी ले उक्त ठाउको जिवन प्रभावित भएको हुनाले फौन्डेसन अफ नेपाली समाज (सोसाइटि)ले प्रोजेक्ट न्यानो सुरु गरेको छ । फौन्डेसन अफ नेपाली समाज ( सोसाइटि) गैर सरकारी सामाजिक संस्था हो । २०७४ साल मा संस्थापित यो संस्थाले अहिले सम्म १२ वटा प्रोजेक्टको स्थापना गरी नियमित काम गरिरहेको छ ।
कर्णाली अन्चल अन्तर्गत अक्टोबर महिनामा सोसाइटिले नेपाल अबुर्द रोग निवारण समाज तथा भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा जाजरकोट स्थित खलङ्गामा एक दिने निशुल्क श्वासथ शिविरको आयोजना गरेका थियौ ।
प्रोजेक्ट न्यानो अन्तर्गत फौन्डेसन अफ नेपाली समाज (सोसाइटि)ले हुम्लाका अग्निपिडितका लागी राहत सन्कलन गरी नेपाली सेनाको सहयोगार्थ राहत वितरण गरेका छ।
सोसाइटिले निम्न अनुसार राहतका सामाग्री वितरण गरेको थियो
२५ थान टेन्ट्
२५ थान कुकर
२५ थान फर्स्ट एड बक्स
: सिटामोल
जिवनजल
डाइजिन
डेटोल
कपास
सन्चो
२५ थान बोरा
१०-१२ केजी चामल
५ केजी क्वाटि
२ केजी चिउरा
२ केजी दाल
२ लिटर तेल
१ पाकेट मस्याउरा
२ केजी नुन
२ थान प्लेट
१० जोर लुगा
१ थान जुत्ता
साथै उक्त गाउमा ५१ जना बालबालिकाहरुका लागी ५१ वटा स्कुल ब्याग र हरेक ब्यागमा रहेका सामानको विवरण :
५ जोर लुगा
खेलाउना
किताब
कापि
कलम ,आदी ।
ति सामानहरु सबै विभिन्न व्यक्ती हरुको सहयोगार्थ जम्मा गरेका थियो।
हुम्ला निकै विकट भएको र त्यहाँ सम्म सामान पुर्याउन आर्थीक रुपले सक्षम नभएको हुँदा नेपाली सेनाले सामान पुर्याउन सहयोग गरेका थियो। २२ घरमा आग्जनी भएको थियो,तर फौन्डेसन अफ नेपाली समाज (सोसाइटि)ले २५ घरका लागी सामग्री तयार गरेर लगेको फौन्डेसन अफ नेपाली समाज (सोसाइटि)का अध्यक्ष् प्रियंका भण्डारी ले जानकारी गराउनु भयो ।

