राष्ट्रपति पनि जोडिइन् ट्वीटरमा, यस्तो छ पहिलो ट्वीट

अ+
अ
अ-

काठमाडौँ, २६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी सामाजिक सञ्जाल ट्वीटरमा जोडिएकी छिन् । नागरिकसँगको सम्बादलाई अझ प्रभावकारी बनाउन राष्ट्रपति ट्वीटरमा जोडिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सोमबार राष्ट्रपति भण्डारीले पहिलो ट्वीट गर्दै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउन नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना गरेकी छिन् ।