समाचार

पौडेलद्धारा देउवालाई पदाधिकारी नियुक्ति छिटो टुंग्याउन दबाब

काठमाडौं, १४ वैशाख : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठभित्रै महासमितिको बैठक बोलाउन माग गरेका छन्।

पार्टी केन्द्रीय कार्यालयमा बसेको शुक्रबारको बैठकमा धारणा राखेका नेता पौडेलले वैशाखमा पार्टीका जिल्ला सभापतिहरूको भेला गर्नुपर्ने र जेठमा महासमिति बैठक बोलाउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन्।

नेता पौडेलले पदाधिकारी नियुक्ति छिटो टुंग्याउन पनि आग्रह गरेका छन्। महासमिति बैठकबाट पार्टीको विधान संशोधन गर्नुपर्ने उनले बताए। चुनावमा अन्तरघात गर्नेलाई कारवाहीको दायरामा ल्याउन पौडेलले माग गरेका छन्।

उनी तनहुँबाट चुनाव हारेका थिए। यस्तै, नेता पौडेलले केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवालाई बुझाएको पत्रको पनि बचाउ गर्दै गुट मात्रैको होइन सिंगो पार्टीको सभापति बन्न आग्रह गरेका हुन्। पौडेलले सभापतिलाई पेश गरेको पत्रले बैठक अवधिभर चर्चा पाएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *