समाचार
मन्त्रीहरु हेरफेर गर्ने ओलीको प्रस्ताव प्रचण्डद्धारा अस्विकार !
काठमाडौं, २८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको पछिल्लो समयको भेटवार्तामा मन्त्रीहरु हेरफेरबारे कुराकानी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार सरकार गठन भएको एक वर्ष पुग्न लागेको अवसरमा अब मन्त्रीहरुलाई हेरफेर गरेर भएपनि अगाडि बढ्ने पक्षमा प्रधानमन्त्री ओली पुगेका छन् । प्रचण्डसँगको भेटवार्तामा ओलीले यसबारेमा प्रस्ताव राखेका थिए । तर, ओलीको प्रस्ताव प्रचण्डले अस्विकार गरिदिएका छन् ।