समाचार
घाइते बाराका सीडीओलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
काठमाडौं, १३ माघ। जीप दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी (सह–सचिव) गणेश भट्टराईलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

वीरगञ्जस्थित ‘हेल्थ केयर सेन्टर’मा उपचाररत भट्टराईलाई नेपाली सेनाको हेलिकप्टरमा राखेर आइतबार काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी) रेवती ढकालले जानकारी दिए ।

