खेलकुद
इरानद्धारा चीन ३–० गोलअन्तरले पराजित

काठमाडौं,११ माघ । चीनलाई ३–० गोलअन्तरले पराजित गर्दै इरान एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
यूएईको आबुधावीस्थित मोहम्मद विन जायद स्टेडियममा भएको खेलमा इरानको जितमा मेहदी तारेमी, सरदार अज्मउन र करिम अन्सारिफार्दले एक–एक गोल गरे ।



