समाचार
चन्द्रागिरी हिल्समा नेकपा एकीकृत निकट ट्रेड यूनियन विजयी

बैशाख ,३१ बुधबार ,२०८२
चन्द्रागिरी हिल्स लि. थानकोट काठमाण्डौमा आज सम्पन्न भएको आधिकारिक ट्रेड युनियनको निर्बाचनमा नेपाल एकिकृत होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन बिजयी भएको छ ।
जम्मा मतदाता १४० रहेको मा १३६ मत खसेको थियो । जस मध्य ७३ मत नेपाल एकिकृत होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनले प्राप्त गर्यो । नेपाल पर्यटन तथा होटल सम्वध्द श्रमिक संघले ३३ मत र अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघले ३० मत प्राप्त गर्यो ।
निर्वाचित आधिकारिक ट्रेड युनियनले सामुहिक सौदाबाजी का साथै श्रमिकको हक हितको लागी काम गर्दछ ।
निर्वाचनमा नेपाली काङ्ग्रेस र नेकपा माओवाद निकट ट्रेड यूनियन र नेकपा एकीकृत हाेटल ,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियन बीच प्रतिस्पर्धा भएको थियो ।
नेकपा एकीकृत हाेटल ,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियनका उम्मेदवार हिक्मत रावलकाे सिंगाे कमिटी निर्वाचित भएको एकीकृत ट्रेड यूनियन महासंघका सचिव दिनेश घिमिरेले जानकारी दिनु भयो ।



