समाचार
डेडिथुम्का मा.बि.का पूर्व विद्यार्थीहरुकाे सम्मेलन जेष्ठ १५ गते हुने

बैशाख ०८ साेमबार,२०८२
काभ्रेपलान्चोक । जिल्लाकाे पुरानाे विद्यालय डेडिथुम्का माध्यामिक विद्यालयले पूर्व विद्यार्थिहरुकाे सम्मेलन हुने भएको छ। श्री `डेडिथुम्का फाउन्डेसन´ कार्य समितिकाे निर्णय अनुसार २०८२जेष्ठ १५ गते श्री डेडिथुम्का माध्यामिक विद्यालयमा अध्ययन गरेका” पुर्व विद्यार्थी सम्मेलन ” गर्न लागिएको हो । सम्मेलनका लागि मुल आयाेजक समिति तथा उपसमितिहरू गठन गरिएकाे प्रबक्ता बलराम सापकाेटाले जानकारी दिनु भयो।
फाउन्डेसनले २०३८ सालदेखि ०८१ सालसम्म डेडीथुम्का माविमा अध्ययन गरेका विद्यार्थीलाई सम्मेलन सहभागी गराउने भएको छ । आगामी जेठ १५ गते बिहीबारको दिन मण्डनदेउपुर नगरपालिकाको सभाहलमा पूर्व विद्यार्थीहरुको सम्मेलन गर्ने निर्णय भएको फाउण्डेशनका अध्यक्ष टोमप्रसाद सापकोटा(रमेश) ले जानकारी दिनु भयो । फाउण्डेशनको आयोजनमा हुन लागेको पूर्व विद्यार्थी सम्मेलन र अग्रज सम्मान कार्यक्रमका लागि शिक्षासेवी कश्यपप्रसाद पौडेल संयोजक रहेको सम्मेलन समारोह मूल आयोजक समितिको गठन गरिएको छ ।
समितिको सदस्यसचिवमा फाउण्डेशनका राजन पराजुली रहनु भएको छ ।सम्मेलनको प्रवक्ताको जिम्मेबारी बलराम सापकोटालाई प्रदान गरिएको छ । समितिमा गोकुल गौतम, टोमप्रसाद सापकोटा, मिराकुमारी नेपाल सापकोटा, कृष्णकुमार श्रेष्ठ, रुक्मणी बरायली, मैया पौडेल लगायत हुनुहुन्छ । समितिमा डेडीथुम्का माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठ, प्रअ शिव पौडेल, क्याम्पस प्रमुख रामहरि खड्का लगायत हुनुहुन्छ । सम्मेलनको प्रचारप्रसार समितिको जिम्मेवारी अग्रज पत्रकार यदुनाथ गौतमलाई प्रदान गरिएको छ ।
समितिमा केशवराज पौडेल, नवराज बजगाई, होमप्रसाद चौलागाई, राम पौडेल, ज्ञानमणि नेपाल, प्रविन ढकाल, रोशन पौडेल र प्रदिप सापकोटा हुनुहुन्छ । अग्रज सम्मान समितिको संयोजकको जिम्मेवारी झलकप्रसाद पौडेललाई दिईएको छ । कार्यपत्र लेखन समितिको जिम्मेवारी गोकुल गौतमलाई प्रदान गरिएको छ ।



