समाचार

९६ औँ ‘अविरल जनसाहित्य यात्रा’मा` दिल पौडेल ´

फागुन ६ मंगलबार ,२०८१
काठमाडौ । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले लामो समयदेखि ‘अविरल जनसाहित्य यात्रा’ सञ्चालन गरिरहेको छ। यात्राकाे ९६ अौ श्रृङखलामा कवि तथा नागार्जुन वाङमय प्रतिष्ठानका अध्यक्ष दिल पौडेल विशेष रहनु हुने जनाएको छ।

संस्थाले उक्त विशेष समारोहमा एकजना कविलार्ई उपस्थित गराउने गरेको छ। साेही अबसरमा आमन्त्रित कविकाे एक दर्जन कविता तथा गीत वाचन गराइने गरिन्छ ।कार्यक्रममा कविको व्यक्तित्व तथा कृतित्वका बारेमा परिचर्चा गर्ने गरिएको छ।

यसपटक यही फागुन १० गते शनिबार राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा विशेष गोष्ठीको आयोजना गरिएको छ। नेपाली प्रगतिवादी साहित्यमा कलम चलाइरहेका प्रगतिवादी कवि दिल पौडेलले साे कार्यक्रममा एक दर्जन कविता वाचन गर्ने छन् ।

साथै वाचित रचनाको समीक्षा टिप्पणीकार प्राध्यापक डाक्टर नारायण प्रसाद गडतौलाले गर्नु हुने छ। कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी रहने संस्थाले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *