समाचार
सरकारले जनतालाई डेलिभरी दिन सकेन :- अध्यक्ष नेपाल

मंसिर ८ शनिबार २०८१
काभ्रेपलान्चोक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले हालकाे सत्ता गठबन्धन धरापमा रहेको संकेत गर्नु भएको छ। शुक्रबार काभ्रेको बनेपामा जिल्ला कमिटीको तिस्राे पूर्ण बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले दुई दलिय गठबन्धनको सरकार कतिखेर ढल्ने हो, थाहा नभएको बताउनु भएको हो ।
सरकारले नेपाली जनतालाई डिलिभरि दिन नसके भन्दै उहाँले स्थायित्व पहिला कि सुशासन पहिला भनी प्रश्न गर्नु भएको छ। संख्यात्मक हिसाबले दुईतिहाइकाे सरकार भए पनि कुनै अर्थ नभएको नेपालकाे तर्क थियो । उहाँले भन्नुभयो ,`सरकार आफै भ्रष्टाचारमा लिप्त रहेको बेला सुशासनकाे कुरा गर्नु बेकार छ। सरकारकाे स्थायित्व कायम नभएसम्म सुशासन रहदैन्।´यो गठबन्धन कतिखेर ढल्ने हो ,पत्ताे नभएको प्रष्ट्याउदै जनतालाई ढाँटने बाहेक अन्य काम केही नभएको नेपालकाे आराेप छ।
अध्यक्ष नेपालले जनतालाई छल्ने ,ढाट्ने र लुट्ने सरकार आफुहरुले नचाहेको बताउँदै,पाँच वर्ष नै यो सरकार रहे पनि के गर्ने हो ?भनी साेध्नु भएको छ। हालै मात्र सत्ता छाेड्न बाध्य बंगलादेशको सरकारकाे स्मरण गर्दै नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली अंगिकार गरे पनि निरंकुश हुन सक्ने संकेत गर्नु भयो । एमाले अध्यक्ष ओली तर्फ इङ्कित गर्दै उहाँले सत्ता , निरंकुश , ब्यक्तिवादले अझै नछाेडेकाे भन्दै अहंकार बढदै गएको धारणा राख्नु भयो ।


