समाचार
निरन्तर पीडितको पक्षमा सेवा गर्नेहरु प्रचारप्रसार खाेज्दैनन्

असाेज २३ बुधबार ,२०८१
काठमाडौ । राजनीतिबाट टाढा रहेर पनि धेरै मानिसले समाजमा सेवा गरिरहेका छन् । आजभोलि समाज सेवाका नाममा राजनीति गर्नेकाे लर्काे छ । काेहि ब्यक्ति यस्ता हुन्छन, हरेक समस्यामा निरन्तर सेवामा लागिरहन्छन तर चर्चा चाहँदैनन। आफूले जति सेवा र उद्दरका काम गरेका छन् त्यसबाट नै सन्तुष्ट रहन्छन् ।
तिनै ब्यक्ति मध्यका एक हुनुहुन्छ वेद प्रसाद हुमागाँई । उहाँ एक पेसागत संगठन मार्फत निरन्तर मानवीय सेवामा तल्लिन हुनुहुन्छ । उहाँ एकीकृत ट्रेड युनियन महासंघका सचिव , नेपाल स्वतन्त्र आउटसाेर्स श्रमिक संगठनकाे ईन्चाज पदमा रहेर हरेक मजदुर ,श्रमिकको पक्षमा वकालत गर्नु हुमागाईकाे दिनचर्या हो ।
हुमागाँईले विभिन्न सरकारी, गैरसरकारी वा प्राइभेट संस्थामा काम गर्ने हाउसकिपर, सुरक्षा गार्ड , माली साथ अन्य क्षेत्रमा काम गर्ने करार तथा ज्यालादारी कर्मचारीलाई परेका समस्याहरुकाे समाधानमा भूमिका खेल्ने उहाँको कर्तव्य हो । बिचौलियाकाे रुपमा मौलाएका राेजगारदाता कम्पनीले कर्मचारीलाई विभिन्न बहानामा कामबाट निकाल्ने , समयमा तलब नदिने, धेरै काम लगाउने तर पारिश्रमिक कम दिने गरेका उदाहरण धेरै छन् । ती र त्यस्ता पीडितहरु हुमागाई समक्ष पुग्ने गरेका छन् । तिनकाे पीर मर्का आफ्नाे जस्तो गरि सराेकारवाला पक्षसँग झगडा गर्नु परेको हुन्छ।
उहाँ भन्नू हुन्छ , ` श्रम बजारमा बिचौलियाकाे विगविगि छ । जाे श्रम शाेषण गरेर खाइरहेका हुन्छन् , श्रमिक मारा सामन्तीहरु बिचौलिया मार्फत रगत चुस्न पल्किएका हुन्छन् । उनिहरु श्रम ऐन २०७४ ले लागू गरेको कानुन पालन गर्दैनन् ।´
उहाँको पहल कदमिमा वीर अस्पतालबाट निकालिएका कर्मचारी , ट्रमा सेन्टरका कामदार , टिचिङ अस्पताल , हेल्पिङ हेण्स् अस्पताल ,विभिन्न बैक तथा वित्तीय संस्थाका सुरक्षा गार्डहरुले न्याय पाउन सफल भएका छन् । हुमागाईले श्रम र श्रमिककाे क्षेत्रमा याेगदान पु्याउनु भएको भन्दै विभिन्न संस्थाले कदर पत्र सहित सम्मान गरेका छन् ।
श्रम र श्रमिककाे क्षेत्रमा पुर्याउनु भएको याेगदानकाे कदर स्वरुप उहाँले विभिन्न संस्थाद्वारा सम्मान प्राप्त गर्नु भएको छ। हालै श्रमिकहरुकाे एक संगठनले कार्यक्रम गरि उहाँलाई सम्मान गरेका थिए। नेपाल स्वतन्त्र आउटसाेर्स श्रमिक संगठनका विभिन्न इकाई प्रतिष्ठानले उहाँकाे कामकाे उच्च मुल्यांकन गरेको थियो ।
संस्थाको काठमाडौ जिल्ला कमिटी , वीर अस्पताल प्रतिष्ठान, हेल्पिङ हेण्स् प्रतिष्ठान, ग्रिनसिटि प्रतिष्ठान, ट्रम र वल्ड ट्रेड प्रतिष्ठानले संयुक्तरूपमा कदर पत्र सहित दाेसल्ला ओडाएर सम्मान गरेका थिए।
श्रमिक संगठनहरुकाे हितमा काम गरे बापत आफ्नो याेगदानकाे मुल्यांकन भएको भन्दै जुन संस्थाले सम्मान गरे उहाँहरु प्रती झन बढी जिम्मेवारी बाेध भएको अनुभव हुमागाईले सुनाउनु भएको छ। यो सम्मानले मलाई भुइमान्छेकाे पक्षमा काम गर्ने प्रेरणा मिलेकाे छ। आगामी दिनमा श्रमिकको हक हितमा शसक्त भएर काम गर्ने उहाँको प्रतिबद्दता रहेको छ।


