समाचार

ढलमा छिरेर बेपत्ता महिला मृत फेला

२२ साउन ,२०८१
काभ्रेपलान्चोक । जिल्लाकाे धुलिखेल नगरपालिका वडा नमवर ५ मा ढलमा परि एक महिलाको मृत्यु भएको छ। मंगलबार (आज) बिहान अन्दाजी १०:४५ बजेको समयमा ढलकाे मंगलबाट झरेको स्थानीयहरुले बताएका छन् ।

  मृत्यु हुनेमा जिल्ला रामेछाप खाडादेवी गाँउपालिका ३ घर भई  जिल्ला काभ्रे पनौति नगरपालिका  ५ नैकिनटार बस्ने ५० वर्षिया  भगवती भागदास रहेको प्रहरीले बताएको छ। उक्त ढलमा मान्छे खसेकाे  खबर प्राप्त हुनसाथ घटनास्थलमा  खाेजतलासकाे निम्ति प्रहरी टोली परिचालन भएको थियो।  खोजतलास गर्ने क्रममा  प्रहरीले ११:३५ बजेकाे समयमा  बगाएको स्थानबाट अन्दाजी ३०० मिटर तल खेतमा मृत अवस्थामा फेला परेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *