२२ साउन ,२०८१
काभ्रेपलान्चोक । जिल्लाकाे धुलिखेल नगरपालिका वडा नमवर ५ मा ढलमा परि एक महिलाको मृत्यु भएको छ। मंगलबार (आज) बिहान अन्दाजी १०:४५ बजेको समयमा ढलकाे मंगलबाट झरेको स्थानीयहरुले बताएका छन् ।
मृत्यु हुनेमा जिल्ला रामेछाप खाडादेवी गाँउपालिका ३ घर भई जिल्ला काभ्रे पनौति नगरपालिका ५ नैकिनटार बस्ने ५० वर्षिया भगवती भागदास रहेको प्रहरीले बताएको छ। उक्त ढलमा मान्छे खसेकाे खबर प्राप्त हुनसाथ घटनास्थलमा खाेजतलासकाे निम्ति प्रहरी टोली परिचालन भएको थियो। खोजतलास गर्ने क्रममा प्रहरीले ११:३५ बजेकाे समयमा बगाएको स्थानबाट अन्दाजी ३०० मिटर तल खेतमा मृत अवस्थामा फेला परेको थियो।

