समाचार

राजनीति सासू बुहारीकाे कथा जस्तो हो, म कहिले बिचलित हुने छैन

१९ साउन २०८१
काठमाडौ । दार्शनिकहरुले “राजनीति सम्भावनाकाे खेल हो भनेका छन् । तर राजनीतिमा कहिलेकाहीँ सम्भवना पनि टरेर जान्छ र सम्भावनाको शंक नगरेको कुरा हात पर्छ ।” नेकपा एकीकृत समाजवादीकाे महाधिवेशनबाट पूर्णता पाएकाे केन्द्रीय कमिटीमा यस्तै भएको छ।

नेकपा एमाले कालमा माधव कुमार नेपाललाई साथ दिदै अनेरास्ववियुकाे केन्द्रीय महाधिवेशनमा माधव खेमाबाटै अध्यक्षमा प्रतिष्पर्धा गरेका नेता अहिले केन्द्रीय सदस्यमा पर्न नसक्नु दुखद हो । उनी हुन कुनै समय अनेरास्ववियुकाे महाधिवेशनमा माधव कुमार नेपालकाे गुटबाट ओली गुटका विद्यार्थी नेतासँग चुनावी मैदानमा उत्रिएका नेता दिपक कुमार गौतम । जतिबेला एमाले कालमा माधव नेपाल कमजोर थिए, ओलीकाे गुट शक्तिशाली थियो ।

एउटा युवा जाे ओली गुटमा लागेका भए पहिले नै समानुपातिक संसद र मन्त्री समेत हुने सम्भावना थियो । उनका समकक्षी नविना लामा संघीय संसद भइसकेकी छिन । गौतम भन्दा जुनियर सुनिता बराल हाल नेकपा एमालेबाट संघीय संसद छिन । तर सत्य र निष्ठामा विश्वास गर्ने गौतमले माधव कुमार नेपाललाई छाेड्न सकेनन र पार्टी फुट्दा पनि माधव नेपाललाई साथ दिए । तर नेकपा एकीकृत समाजवादीकाे १० अौ महाधिवेशनमा गौतम केन्द्रीय सदस्यमा अटाउन सकेनन् ।

गौतम हाल काभ्रे जिल्ला समन्वय समितिका प्रमुख छन् । पार्टीमा उनकाे अन्य जिम्मेवारी छैन् । उनले नेकपा एकीकृत समाजवादी काभ्रे जिल्लाकाे १० अौ महाधिवेशनमा कुनै पद लिएनन् र जिल्ला महाधिवेशनलाई सर्वसहमत गर्न सहयोगी भूमिका निर्वाह गरेका थिए ।

विद्यार्थी राजनीतिबाट उदाएका गौतमले ३४४ जनाकाे केन्द्रीय कमिटीमा आफू अटाउन नसक्दा चित्त दुखाएका छन् । उनले अध्याँराेमा सपना बाँडने र समाजलाई अध्याँराे बनाउनेहरुले सधैं कालाे इतिहास बनाउन लागिपरेको आराेप लगाएका छन् । उनले भनेका छन् ,” म एक उज्यालोकाे आशा र आशावादी समाजकाे अभियान्ता हुँ । अध्याँराेमा जनतालाई सपना बाँडने तर समाजलाई अध्याराे तर्फ धकेल्नेहरुले इतिहासलाई कालाे बनाउन लागि परेका छन् । म मेरो निष्ठा र इमानदारीतामा कुनै सम्झौता गर्दिन । ” गौतमले आफ्नो जीवन रहेसम्म राजनीतिमा नै लागिरहने र सामाजिक अभियान्ताकाे रुपमा परिचय बनाउने प्रण गरेका छन् ।

आफुलाई हरेक कदममा राेक्ने प्रती तिखाे प्रहार गर्दै उनले , समय हो ,”कहिले सासुकाे पालाे कहिले बुहारीकाे पालाे “भन्ने बुढापाकाकाे उखानकाे चरितार्थलाई ख्याल गर्न चुनौती दिएका छन् ।

अनेरास्ववियुमा आफुले कखरा सिकाएका साथीहरू पार्टीको उच्च स्थान पुग्न सफल हुने तर आफ्नो याेगदानकाे मुल्यांकन नभएको उनकाे दुखेसो रहेको छ। उनले भनेका छन् , म त राजनीतिको यात्री हुँ, सडकमा छु । म मेरो निष्ठा र आदर्श किमार्थ बेच्दिन । गौतमले भनेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *