समाचार

दयालु मनहरुलाई सधैं सम्मान गरौ : लायन लम्साल

फाल्गुन २६ शनिबार
काठमाडौ । लाइन्स क्लब अफ इन्टरनेष्नल आई सि आई एफ एरिया लिडर राजन लम्सालले लायन्स क्लबमा लागेका मनकारी मनहरुलाई शुभकामना दिनु भएको छ। काठमाडौकाे गौसालामा आयाेजित रिजन कनफ्रेनस कार्यक्रममा बाेल्दै उहाँले रिजन र जाेन पर्सन भएर काम गर्नेलाई कहिले पनि  विर्षन नहुने बताउनु भएको हो ।

उहाँले डिष्टिक गभर्नरहरुकाे प्रशंसा गर्दै  चन्द्र केसिलाई उच्च व्यक्तित्व भएको भन्दै उहाँले पालन गर्नु भएको अनुशसन पालन गर्न  सबै लायनहरुलाई आग्रह गर्नु  भएको छ।

यस्तै लम्सालले ,याे वर्ष क्लबमा फरक काम गर्नु भएका लायनहरुकाे खुलेर प्रशंसा गर्नु भएकाे थियो । काठमाडौ लर्ड बुद्धका विष्णु भण्डारीले जसरी क्लबकाे अभिभावकत्व ग्रहण गर्नु भएको छ त्यसै गरि सबैले उहाँबाट पाठ सिक्नु पर्ने धारणा राख्नु भयो । लायन भण्डारीलाई  कुलदेवताकाे उपमा दिदै कुलदेवता खुशि भए कुलकाे नै उद्दार हुने भन्दै  बदन कुमार  भण्डारी , हरि अधिकार जस्ता लायनहरुकाे खुलेर प्रशंसा गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *