समाचार

सिसि क्यामेराकाे निगरानीमा दाेलालघाट बजार सुरक्षा चुनौतीमा न्युनिकरण हुने

फाल्गुन ३ बिहिवार
काभ्रेपलान्चोक । जिल्लाकाे भुम्लु गाउपालिकाले सुरक्षा चुनौतीलाई मध्य नजर गर्दै पर्यटकीय स्थल दोलालघाट बजार क्षेत्र र गाँउपालिका कार्यालय परिसरमा सिसि क्यामेरा जडान गरेको छ। तातोपानी नाकाबाट आउने सवारीसाधन र नदीजन्य सामाग्री बाेक्ने सवारीकाे बढी मात्रामा चेकजाँच हुने उक्त स्थानमा सुरक्षाका निम्ति सिसि क्यामेरा जडान गरिएको भुम्लु गाँउपालिकाले जनाएको छ।

दोलालघाट बजार क्षेत्रमा ६ वटा र पालिकाकाे कार्यालय रहेकाे सल्लेेमा १ गरि सातवटा क्यामेरा विभिन्न ठाउमा जडान गरिएको छ। दाेलालघाट बस पार्क, प्रहरी चौकी परिसर र सुनकोशी पारी बजारमा अत्याधुनिक सि सि क्यामरा जडान गरिएको गाँउपालिका उपाध्यक्ष जितेन्द् मान तामाङ (दावा) ले टुकी नेटवर्कलाई जानकारी दिनु भयो ।

उहाँका अनुसार सिसि क्यामरा जडान गर्नाले दोलालघाट बजार क्षेत्रको शान्ति सुरक्षामा  थप सहयोग पुग्ने छ। उक्त पर्यटनकीय क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउन भुम्लु बासिकाे भूमिका रहने उहाँको  विश्वास रहेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *