समाचार
जिसस प्रमुख र शिक्षा समन्वय इकाई प्रमुख विवाद :- मन्त्रालय तानिए पाेखरेल ,गौतमको सफलता

माघ ४ बिहीबार ,२०८०
काभ्रेपलान्चोक । शिक्षा समन्वय इकाई काभ्रेका प्रमुख चेत प्रसाद पाेखरेल मन्त्रालय तानिनु भएको छ। उहाँले शैक्षिक सुधारकाे विषयमा छलफल गर्ने क्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमलाई अपशब्द बाेल्दै दुर्व्यवहार गर्नु भएको थियो ।
पाेखरेलले विद्यालयका शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई बाेलाएर दुख दिने , आजै हुने कामलाई भाेलि -भाेलि भनेर टार्ने प्रवृतिले सेवाग्राहीले हैरानी व्यहोर्नुपरेको थियो । जिल्ला शिक्षा समन्वय इकाईकाे समन्वयकारी भूमिका निर्वाह गर्न खाेज्दा पाेखरेलले दुर्व्यवहार गरेपछि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतमले मन्त्रालयमा नै हाजिरी हुने गरि फिर्ता गरिदिनु भएको छ ।
गौतम माथी दुव्र्यवहार गरेपछि पोखरेल बुधबार नै मन्त्रालय हाजिर हुने गरी फिर्ता हुनु भएको थियो । पोखरेलका अनुसार मन्त्रालय बोलाइएकाे हुदाँअब काभ्रे नफर्किने जानकारी प्राप्त भएको छ। सेवाग्राहीलाई दुख दिने कर्मचारीलाई प्रमुख गौतमले चेतावनी दिएको १२ घण्टा नबित्दै कारबाही पूरा गर्नु भएको छ।
उहाँले पाेखरेल बिहिवार पनि अटेर गरि कार्यालयमा हाजिर हुन आएमा हाजिर गर्न नदिने प्रेस विज्ञप्ति मार्फत चेतावनी दिनुभएको थियो ।
काभ्रेमा पहिलाे पटक काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहकाे शैलीमा गलत नियत राख्ने कर्मचारीलाई जिसस प्रमुख गौतमले कार्वाही गरि उदाहरणीय र प्रशंसनीय कार्य गर्नु भएको छ। प्रमुख गौतम सुशासन र प्रशासनिक सुधारमा जाेड दिने नेता हुनुहुन्छ । अहिलेसम्म उहाँले समन्वय गरेका कुनै पनि कार्यालय र अनुगमन तथा निरिक्षण गर्नु भएको विकास निर्माणको कार्यमा प्रश्न उठाउने ठाउँ रहेको देखिदैन ।


